काठ्माडौं, २७ असार २०८२ । नेपाल राष्ट्र बैंकले डिजिटल बैंक स्थापना गर्ने भएको छ । राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको २४औँ मौद्रिक नीतिमा वित्तीय पहुँच विस्तार गर्न नियो बैंक स्थापना गर्ने उल्लेख छ ।
नियो बैंक स्थापनका लागि कानुनी र प्रक्रियागत व्यवस्था अघि बढाउने मौद्रिक नीतिले लक्ष्य लिएको छ । सरकारको आर्थिक वर्ष २०८२/८३ को बजेट वक्तव्यमा उल्लेख भएअनुसार वित्तीय पहुँच विस्तार गर्न ‘नियो बैंक’ स्थापनाका लागि कानुनी र प्रक्रियागत व्यवस्था अघि बढाउन लागेको मौद्रिक नीतिमा उल्लेख छ । नियो बैंकमा अनलाइनबाट कारोबार हुन्छ ।






