Online Bichar
मंगलबार, भाद्र ०९, २०८३ | Tuesday, August 25, 2026

काठ्माडौं, २२ असार २०८२ । नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। नाउपा प्रदेश संसदीय दलको बैठकले आइतबार समर्थन फिर्ता लिने निर्णय गरेको हो। संसदीय दलका नेता धर्म बहादुर चौधरीले सरकारको काम कारबाहीमा आफ्नो पार्टीलाई स्थान नदिएको आरोप लगाएका छन्।

‘सरकारले आफूहरूको मागप्रति समुचित सम्बोधन नगरेको, बजेट निर्माणमा दललाई नजरअन्दाज गरेको र थप निरंकुश हुँदै गएको हुनाले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएका हौं,’ दलका नेता चौधरीले भने।

यससँगै नाउपा संघ, सुदूपश्चिम प्रदेश र लुम्बिनी प्रदेश सरकारबाट बाहिरिएको छ। यसअघि नाउपाले सुदूरपश्चिम र संघमा सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो।

सुदूरपश्चिममा मन्त्री रामेश्वर चौधरीलाई दादागिरी शैलीमा बर्खास्त गरेको भन्दै नाउपाले संघ र प्रदेशबाट बाहिरिने निर्णय गरेको थियो।

 

तपाईको प्रतिक्रिया