Online Bichar
सोमबार, बैशाख २८, २०८३ | Monday, May 11, 2026

काठ्माडौं, २२ असार २०८२ । प्रतिनिधिसभाअन्तर्गतको शिक्षा समितिले विद्यालय शिक्षा विधेयकमा सहमति जुटाउन सरकारलाई पाँच दिनको समय दिएको छ । आइतबार समितिका सभामपति अम्मरबहादुर थापाले शिक्षामन्त्री रघुजी पन्तलाई पाँच दिनभित्र विधेयकमा सहमति जुटाउन भनेका हुन् ।

आज बैठकको सुरुमै शिक्षामन्त्री पन्तले विधेयकमा सहमति जुटाउन थप समय दिन आग्रह गरेका थिए । तर, समितिका सदस्यहरूले आक्रोश पोखे । उनीहरूले सरकारलाई पटकपटक समय दिन नहुने बताएका थिए ।

सबै सदस्यले धारणा राखिसकेपछि समितिका सभापति थापाले मन्त्रीलाई अब पाँच दिनभित्र सहमति जुटाउन भनेका हुन् । मन्त्री पन्तले सीमा नतोक्न आग्रह गरे पनि सभापति थापाले मानेनन् ।

‘तपाईंहरूले तोक्ने होइन, सभापतिले तोक्ने हो मिति,’ थापाले भने ।

 

तपाईको प्रतिक्रिया