Online Bichar
मंगलबार, पौष ०१, २०८२ | Tuesday, December 16, 2025

काठमाडौँ, २२ असार २०८२ । प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिले आजै विद्यालय शिक्षा विधेयकलाई पारित गर्ने तयारी गरेको छ । समितिका सभापति अम्मरबहादुर थापाले आजै विधेयकलाई पारित गर्ने गरी तयारी गरिएको बताए ।

“आजको बैठकबाट विधेयक पारित हुने सम्भावना छ,” उनले भने ।

विधेयकमा पदपूर्तिको विषयमा सहमति जुट्न सकेको छैन । समितिले ६० प्रतिशत आन्तरिक र ४० प्रतिशत खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने सहमति जुटाए पनि शिक्षकहरूले मानेका छैनन् ।

नेपाल शिक्षक महासंघले ७५ प्रतिशत आन्तरिक र २५ प्रतिशत खुला प्रतिस्पर्धाबाट पदपूर्ति हुनुपर्ने अडान राखेको छ ।

त्यस्तै, शिक्षकले आफूहरूलाई स्थानीय तहको मातहतमा राख्न नहुने माग राखेका छन् ।

 

तपाईको प्रतिक्रिया