Online Bichar
सोमबार, चैत्र ३०, २०८२ | Monday, April 13, 2026

काठमाडौं, २१ असार २०८२ । विद्यालय शिक्षा विधेयक पास गर्न शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बोलाइएको छ ।

समिति सभापति अम्मरबहादुर थापाका अनुसार २२ असारलाई समिति बैठक बोलाइएको छ ।

‘२२ असारमा बैठक बस्छ । सबै विषय मिलिसक्यो,’ सभापति थापाले भने, ‘समितिमा लक भइसकेको छ । जे छ त्यो हुबहु पास हुन्छ ।’

१६ असारमा नै विधेयक पास गर्ने तयारी थियो । तर अस्थायी प्रकृतिका शिक्षकको पदपूर्ति आन्तरिक ६० र खुला ४० प्रतिशत गर्नेमा कांग्रेसले फरक मत राखेपछि रोकिएको थियो ।

शिक्षक महासंघले आन्तरिक ७५ प्रतिशत र २५ प्रतिशत खुला गर्नुपर्ने माग राखेपछि कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले बैठक स्थगितको प्रस्ताव गरेका थिए । त्यसपछि शिक्षामन्त्री रघुजी पन्तले महासंघसँग वार्ता गर्न समय मागेका थिए ।

६०/४० प्रतिशतमा नै सहमति जुटेको छ । कार्य सम्पादन मूल्यांकनको अंकमा पनि मिलेको थिएन । ईसीडीमा कार्यरतलाई शिक्षक भन्ने वा नभन्नेमा विवाद छ । समिति सभापति थापाका अनुसार सबै विषय मिलेको छ ।

तपाईको प्रतिक्रिया