Online Bichar
बिहिबार, माघ ०९, २०८२ | Thursday, January 22, 2026

काठमाडौं, १५ असार २०८२ । कास्कीको मार्दी खोला सतर्कता तह पार भएको छ । आइतबार साँझ कास्कीस्थित मार्दी खोला लाहाचोक जलमापन केन्द्रमा सतर्कता तह पार भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । बढ्दो क्रममा रहेकाले सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

‘असार १५, साँझ ५:३० बजे । कास्की जिल्लास्थित मार्दी खोला लाहाचोक जलमापन केन्द्रमा जलसतह सतर्कता तह पार गरेको तथा बढ्दो क्रममा रहेकाले नदी तटीय क्षेत्रमा रहनुहुनेहरूले सतर्कता अपनाइराखौँ,’ विभागले सूचनामार्फत भनेको छ ।

 

तपाईको प्रतिक्रिया