Online Bichar
शनिबार, आश्विन २४, २०८३ | Saturday, October 10, 2026

काठमाडौं, १३ असार २०८२ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८० को नतिजामा चित्त नबुझे २३ असार २०८२ भित्र पुनर्योगका लागि आवेदन दिन सकिने बताएको छ ।

प्रकाशित नतिजामा चित्त नबुझेमा पुनर्योग गर्न र उत्तरपुस्तिका पुनः परीक्षण समेत गराउन सक्ने व्यवस्था रहेको बोर्डले जनाएको छ ।

‘पुनर्योगका लागि परीक्षार्थीलाई अनलाइनमार्फत आवदेन गर्न सकिने व्यवस्था गरिएको छ, जसअनुसार परीक्षार्थीले आफूले पुनर्योग गर्न चाहेका विषयका लागि यस कार्यालयको वेबसाइटमा गई पुनर्योग फाराम भरी आवेदन गर्न सक्ने छन्,’ बोर्डले भनेको छ ।

‘पुनर्योगका लागि २३ असारको बेलुका ५ बजेसम्मको समय बोर्डले तोकेको छ । ‘सोसम्बन्धी सूचना नतिजा प्रकाशन भएपछि राष्ट्रिय परीक्षा बोर्ड पनिका कक्षा १० र राष्ट्रिय परीक्षा बोर्ड केन्द्रीय कार्यालयको बेवसाइटबाट हेर्न सकिनेछ,’ बोर्डले भनेको छ ।

त्यस्तै, नतिजा प्रकाशनका क्रममा प्राविधिक कारणबाट कहिँकतै त्रुटि देखिएमा राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० को मूल अभिलेखबाट सच्याइने व्यवस्था गरेको बोर्डले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया