Online Bichar
सोमबार, आषाढ २२, २०८३ | Monday, July 6, 2026

काठमाडौं, १३ असार २०८२ । शिक्षा समितिले निजी विद्यालयको विषय टुङ्गो लगाएको छ। समितिका सभापति अम्मरबहादुर थापाले गरेको प्रस्ताव बैठकले पारित गरेको हो।

निजी विद्यालय सेवामुलक, लोककल्याणकारी र गैरनाफामुलक बनाएर जाने गरी सञ्चालन गर्ने विषय सर्वसम्मतिबाट पारित भएको छ ।

अब विद्यालय शिक्षा विधेयकमा निजी विद्यालय सञ्चालन कम्पनी मार्फत वा गुठीमा जान सकिने व्यवस्था गर्न लागिएको छ । बैठकले गुठीमार्फत सञ्चालन हुने निजी विद्यालयको हकमा विभिन्न सहुलियत दिने प्रस्ताव पारित गरेको छ ।

 

तपाईको प्रतिक्रिया