Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

काठमाडौँ, १६ माघ । मलेसियाको डब्लूआरपी कम्पनीमा कार्यरत झन्डै २ हजार नेपाली श्रमिक बुधबारदेखि काममा फर्कन सहमत भएका छन् । तीन महिनादेखि तलब नपाएपछि उनीहरू सोमबारदेखि हडतालमा थिए । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

क्वालालम्पुरस्थित नेपाली दूतावास र मलेसियाको श्रम विभागका प्रतिनिधिको रोहबरमा कम्पनीले आउँदो फागुन १६ सम्म (फेब्रुअरी २८) भित्र जनवरी महिनासम्मको न्यूनतम तलब र ओभरटाइमबापतको सबै पारिश्रमिक भुक्तानी गर्ने प्रतिबद्धता जनाएको छ ।

कम्पनीले नोभेम्बरसम्मको तलब सोमबार नै श्रमिकको खातामा हालिदिएको छ । डिसेम्बरको तलब फेबु्रअरी १५ र जनवरीको तलब फेब्रुअरी २८ सम्म भुक्तानी गर्ने तथा त्यसपछि पनि निरन्तर दिइरहने कम्पनीले जनाएको छ ।

कम्पनीको लिखित प्रतिबद्धतापछि नेपाली दूतावासले कामदारलाई काममा फर्किन अनुरोध गरेको थियो । ‘दूतावासले नै तलब पाउने ग्यारेन्टी गरेको छ । हामीलाई काममा फर्किन अनुरोध गरेपछि हडताल तोडेका हौं,’ खोटाङका ललित घलानले भने ।
पत्रपत्रिकाबाट

तपाईको प्रतिक्रिया