झापा, १० असार २०८२ । हेवा खोलाको डाइभर्सन बगेपछि मेची राजमार्ग अवरुद्ध भएको छ । गएरातिदेखि परेको अविरल बर्षाको कारण हेवा खोलामा आएको बाढी डाइभर्सनमाथि ओभरफ्लो भई बगेका कारण मेची राजमार्ग अबरुद्ध भएको हो ।
राति ठूलो पानी परेपछि ओभरफ्लो भई डाइभर्संन माथिबाट बग्न थालेपछि बाटो अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
हेवा खोलाले फिदिम नगरपालिका-४ र हिलिहाङ गाउँपालिका-७ स्थित मेची राजमार्गलाई जोडेको छ । बाटो अवरुद्ध भएपछि धेरै सवारी साधन अलपत्र परेको प्रहरीले जनाएको छ ।






