Online Bichar
शनिबार, माघ ११, २०८२ | Saturday, January 24, 2026

झापा, १० असार २०८२ । झापाको कृष्णे खोलाको किनारमा १२ वर्षिय बालकको शव फेला परेको छ । आज (मंगलबार) बिहान अन्दाजी ७ः३० बजेको समयमा कमल गाउँपालिका-१ स्थित कृष्णे खोलाको किनारमा कमल-१ रतनचौन बस्ने मिङमारेन्जे शेर्पाको छोरा १२ वर्षिय सुसान शेर्पाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

शरीरमा कपडा नभएको, पुरुष मानिसको शव बगाएर ल्याएको भन्ने खवर प्रहरी चौकी तोपगाछीमा प्राप्त हुनासाथ प्रहरी टोलि खटि घटना स्थल सुरक्षित राखिएको प्रहरीले जनाएको छ ।

मृतक बालक यही असार ८ गते अन्दाजी दिउँसो ३ बजेको समयमा घरमा कोही कसैलाई जानकारी नगराई घरबाट आफुखुसी हिडेको जनाइएको छ । परिवारले छिमेकी, आफ्नो आफन्त, नातागोता समेतमा खोज तलास गर्दा फेला नपरेको भनि मृतक बालकको बुबाले हिँजो (सोमबार) प्रहरी चौकी तोपगाछीमा हुलिया निवेदन दिएको प्रहरीले जनाएको छ  ।

तपाईको प्रतिक्रिया