Online Bichar
शनिबार, आषाढ २०, २०८३ | Saturday, July 4, 2026

गौरादह, १५ गते । झापाको गौरादहमा हाड जोर्नी तथा नशा रोग सम्बन्धि १ दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । गौरादह स्वास्थ्य चौकी भवनमा सञ्चालन गरिएको शिविरमा नगरपालिका भित्रका ४१५ जना बिरामीहरुले स्वास्थ्य परिक्षण गराएका थिए ।

नेपाल अर्थोपेडिक अस्पताल जोरपाटी काठमाडौं, नेपाल अपाङ्ग संघ, खगेन्द्र नवजीवन केन्द्र, झापा शाखा रोटरी क्लब अफ भद्रपुरको आयोजना तथा नमस्ते बचत तथा ऋण सहकारी संस्थाको व्यवस्थापनमा सञ्चालन गरिएको शिविरमा अधिकांश महिलाहरु स्वास्थ्य परिक्षण गराउन आएका थिए ।

शिविरमा बिरामीहरुको स्वास्थ्य परिक्षण गरिनुका साथै औषधी समेत निशुल्क वितरण गरिएको नमस्ते सहकारीका उपाध्यक्ष पूण्य सिग्देलले जानकारी गराए । शिविरमा डा.युवराज खरेल, डा.समिर कार्की, डा.अनिष ज्ञवाली, डा.क्षितिज गड्तौला सहितको टोलीले स्वास्थ्य परिक्षण गरेको थियो भने, स्थानीय स्वास्थ्यकर्मीको टोलीले सहयोग गरेको थियो ।

शिविरमा अधिकांश ढाड, घुंडा, कुम, हात र कुहिना दुख्ने समस्याका बिरामीहरु बढि भेटिएको डा.खरेलले जानकारी गराए । नेपाल अपांग संघ जिल्ला अध्यक्ष धन जुजु श्रेष्ठको सभापतित्वमा सम्पन्न शिविरमा प्रदेश न. १ का आन्तरिक मामिला तथा कानुन मन्त्रि हिक्मत कार्की प्रमुख अतिथि रहेका थिए ।

साविक झापा क्षेत्र न. ६ का सभासद दिपक कार्की, अपाङ्ग संघ केन्द्रिय अध्यक्ष मोहन महर्जन, उपमेयर गीता भेट्वाल लगायतले शुभकामना मन्तव्य राखेका थिए । खगेन्द्र नवजिवन केन्द्र झापा जिल्ला सचिव बलदेव कार्कीले स्वागत मन्तव्य राखेको कार्यक्रममा नमस्ते सहकारीका अध्यक्ष निर्मल बास्तोलाले कार्यक्रम सञ्चालन गरेका थिए ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments