झापा, ८ असार २०८२ । झापा शिवसताक्षीका एक वृद्धले नहरमा हाम्फालेर आत्महत्या गरेका छन् । आज बिहान अन्दाजी ८ः५० बजे शिवसताक्षी नगरपालिका-७ बस्ने ७९ वर्षीय राधाकृष्ण सोडारीले घरबाट अन्दाजी १ किलोमिटर पश्चिमतर्फ वडा न. ७ र ११ को बिचमा रहेको कन्काई नहरमा हामफाली आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
सोडारी घरबाट चौकतर्फ घुम्न जान्छु भनी हिडेका थिए । नहरको पानीमा हामफाली बेपत्ता भएको भन्ने इलाका प्रहरी कार्यालय झिलझिलेमा आफन्तले जानकारी गराउनसाथ इलाका प्रहरी कार्यालय शिवगंजबाट प्रहरी नायव निरीक्षक खड्ग गिरीको कमाण्डमा प्रहरी टोली खटिएर स्थानीयको सहयोगमा खोजतलास गर्ने क्रममा घटनास्थलबाट ९:२५ बजे अन्दाजी ५००मिटर दक्षिण सोडारीको मृत अवस्थामा शव फेला परेको थियो।
पानीबाट शव बाहिर निकाली घटनास्थल सुरक्षित राखिएको र थप अनुसन्धान तथा कानूनी प्रकृया भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।






