Online Bichar
शनिबार, भाद्र २७, २०८३ | Saturday, September 12, 2026

झापा, ७ जेठ २०८२ । झापामा प्रतिबन्ध लगाइएको खोलाबाट नदीजन्य वस्तु ओसार पसार गर्ने ५ वटा ट्रयाक्टर प्रहरीले नियन्त्रण लिएको छ ।

बुद्धशान्ति गाउँपालिका वडा नम्बर –४ टिमाई खोलाबाट अवैध रुपमा ढुंगा ओसार पसार गर्दै गरेको अबस्थामा ती सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिइएका ट्रयाक्टरहरु मे. १ त. ५१३५,मे. १ त. ७३७२, मे. १ त. ७५४३ मे. १ त. ५४४६ र मे. १ त. २४६१ रहेका छन् । आज बिहान ११ बजेतिर टिमाई खोलाबाट अवैध रुपमा ढुङ्गा ओसार पोसार गर्दै गरेको अवस्थामा अस्थाई प्रहरी चौकी मंगलबारेबाट खटिएको गस्ती टोलीले नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागि बुद्धशान्ति गाउँपालिका कार्यालयमा पठाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पालिकाहरुले असार १ देखि भदौ अन्तिमसम्म खोलाहरुबाट नदीजन्य वस्तु उत्खनन् गर्न प्रतिवन्ध लगाएका छन् ।

 

तपाईको प्रतिक्रिया