Online Bichar
बिहिबार, फाल्गुण ०७, २०८२ | Thursday, February 19, 2026

काठमाडौं, ५ असार २०८२ । अफताब आलमलाई सफाइ दिने उच्च अदालतका न्यायाधीशद्वय खुसीप्रसाद थारू र अर्जुन महर्जन सर्वोच्च अदालतमा तानिएका छन् । उनीहरूलाई काजमा सर्वोच्च तानिएको हो ।

न्याय परिषद्को बुधबार बसेको बैठकले न्यायाधीशद्वय थारू र महर्जनलाई काजमा सर्वोच्च तान्ने निर्णय गरेको न्याय परिषद् सचिवालय स्रोत बताउँछ ।

रौतहट जिल्ला अदालतले आलमलाई जन्मकैदको फैसला सुनाएको थियो । तर, उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जले उनलाई सफाइ दिएको थियो ।

थारू तिनै न्यायाधीश हुन्, जसले विशेष अदालतबाट ललिता निवास भ्रष्टाचार मुद्दाको फैसला गर्ने इजलासको नेतृत्व गरेका थिए । आलमलाई सफाइ दिने फैसलापछि उनी आलोचित छन् ।

अर्का न्यायाधीश महर्जनलाई वीरगन्जस्थित अदालत परिसरभित्रै मोसो दलेर दुर्व्यवहार गरिएको थियो ।

 

तपाईको प्रतिक्रिया