Online Bichar
शनिबार, माघ ११, २०८२ | Saturday, January 24, 2026

काठमाडौं, ३ असार २०८२ । प्रतिनिधिसभाको बैठक बिहीबारसम्मका लागि स्थगित गरिएको छ । मंगलबार दिउँसो ४:३० बजेका लागि तय भएको बैठक सूचना टाँसेर स्थगित गरिएको छ । बिहीबार बिहान ११ बजे बैठक बस्ने जनाइएको छ ।

मंगलबार बैठक सुरु भएको घोषणालगत्तै राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० र राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०का सांसदहरूले उभिएर विरोध जनाएका थिए ।

त्यसपछि सभामुख देवराज घिमिरेले रास्वपा सांसद चन्दा कार्कीलाई बोल्न समय दिएका थिए । उनले बोलिसकेपछि रास्वपा र राप्रपाका सांसद फेरि उभिए ।

त्यसपछि नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले निलो रिबन लगाएर रास्वपाका सांसद बैठकमा सहभागी भएको भन्दै नियमापत्ति जनाए । उनलाई समय दिएलगत्तै रास्वपाका सांसदहरूले वेल घेराउ गरेका थिए ।

त्यसपछि सभामुखले ३० मिनेटका लागि बैठक स्थगित गरेका थिए ।

 

तपाईको प्रतिक्रिया