काठमाडौं, २ असार २०८२ । मंगलबार देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सबै प्रदेशका केही स्थानहरूमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।
कोशी प्रदेश, बाग्मती प्रदेश र गण्डकी प्रदेशका उच्च-पहाडी तथा हिमाली भू(भागका थोरै स्थानहरू तथा बाँकी उच्च-पहाडी तथा हिमाली भू(भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।






