Online Bichar
मंगलबार, फाल्गुण ०५, २०८२ | Tuesday, February 17, 2026

काठमाडौं, २ असार २०८२ । सामाजिक सञ्जाल फेसबुकमा निराशाजनक स्टाटस लेखेका एक चिकित्सकलाई प्रहरीले फेला पारेका छ । डा। केशव श्रेष्ठ काठमाडौंको तारकेश्वर नगरपालिका–३ स्थित श्रीनाथ बुटिक रिसोर्टमा रहेको अवस्थामा सकुशल भेटिएको प्रहरीले जनाएको छ ।

नवलपुरका ३४ वर्षीय चिकित्सक श्रेष्ठले सोमबार ९असार २० बिहान फेसबुकमा निराशाजनक स्टाटस लेखेका थिए । त्यसपछि उनी ‘सम्पर्कविहीन’ थिए । उनी काठमाडौंकै सुकेधारामा बस्दै आएका थिए । खोजी गर्ने क्रममा उक्त रिसोर्टमा भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपीलराज बोहराले जानकारी दिए ।

आफू जिल्ला अस्पताल रामेछापमा कार्यरत रहँदा विभिन्न व्यक्तिले अस्वाभाविक दुःख दिएर सरुवा गराएको उनले दुःखेसो पोखेका थिए ।

तपाईको प्रतिक्रिया