Online Bichar
शुक्रबार, भाद्र २६, २०८३ | Friday, September 11, 2026

जेबि खड्का
गौरादह, ३१ जेठ २०८२ । राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डि.पि. अर्यालले सरकारको नेतृत्व गरिरहेका दलहरुले जनताप्रति बिस्वासिलो र भरपर्दो काम नगर्दा जनता रास्वपाप्रति आकर्षित भएको बताएका छन।

रास्वपाको पार्टी प्रबेश तथा कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्न गौरादह आएका कार्यवाहक सभापति अर्यालले लामो समय देखि जनताले बिस्वास गरेर मतदान गरि सरकार चलाउने जिम्मा दिएपनि ठुलादलले मुलुकलाई भ्रष्टाचारको दलदलमा फसाएर जनतालाई धोका दिएको आरोप लगाएका छन। सरकारले जनताको पक्षमा काम गर्न नसक्दा मुलकमा सरकार भए नभएको जनततले अनुभुती नगरको धारणा राखेका थिए। जनताको आवश्यकता परिपुर्ति गर्न सक्ने सरकारले नीति कार्यक्रम योजना र स्पष्ट दृष्टिकोणका साथ काम गर्न नसक्दा जनताले आगामी निर्वाचनमा घण्टीमा मतदान गरि बहुमत दिलाउने बताएका थिए। काम गर्नेको नाम आउने र भाषण गरेर जनता झुक्याउनेको दिन अब सकिएको बताएका थिए।

पार्टीका केन्द्रीय सदस्य तथा सह-प्रबक्ता रमेस प्रसाईंले बर्तमान समयमा अपबित्र गठबन्धनबाट बनेको दुई तिहाइको सरकार बिचौलियाको संजालमा फसेको टिप्पणी गरेका छन। कमिसन र घुसलाई बाँडेर खान नजान्दा र मिलेर खान नमान्दा रास्वपाका सभापति रबि लामिछानेलाई झुटो मुद्दा लगाएर हिरासदमा थन्किएको बताएका थिए।

पार्टीका केन्द्रीय सदस्य निशा मेहताले पुराना दलले जनतालाई पटक-पटक झुक्याएकाले आगामी निर्वाचनमा अन्य पार्टीलाई परास्त गरि घण्टीलाई जनताले बहुमत दिलाउने बिस्वास ब्यक्त गरिन। रास्वपा नगर कमिटी गौरादहले पार्टी कार्यलय गौरादहमा आयोजना गरेको कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि ठुलो संख्यामा रास्वापा पार्टीमा प्रबेश गरेको पार्टीका वडा नं. वडासचिब अर्जुन खड्काले बताएका छन।

गौरादह नगरपालिका भित्र रहेका सबैवडाबाट विभिन्न विभिन्न पार्टी परित्याग गरि ५ सय १ जना रास्वापा पार्टिमा प्रबेश गरेको पार्टीका जिल्ला सदस्य पुष्प ढकालले जानकारी गराएका छन। रास्वपा गौरादह नगर सभापति जगत बहादुर अधिकारीको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो। रास्वपा पार्टीका गौरादह नगर उपसभापति निर्मला शर्माले स्वागत मन्तब्य राखेको कार्यक्रममा पार्टीका गौरादह नगर कोषाध्यक्ष मिना सापकोटा कोइरालाले कार्यक्रम संचालन गरेकी थिईन।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

तपाईको प्रतिक्रिया