उदयपुर, ३० जेठ २०८२ । उदयपुरको बेलका नगरपालिका-५ मा करेन्ट लागि बालिकाको मृत्यु छ। शुक्रबार बिहान आफ्नै घर छेउमा रहेको कुखुराको फर्ममा काम गर्ने क्रममा करेन्ट लागेर छोरी १७ वर्षीया दुर्गा कार्कीको ज्यान गएको हो।
करेन्ट लागेर छटपटाइरहेकी उनलाई छिमेकीले उद्धार गरी उपचारका लागि बेलका नगर अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख एसपी हरिहरनाथ योगीले बताए। घटनाको थप अनुसन्धान भइरहेको उनले बताए।






