झापा, २७ जेठ २०८२ । झापामा भैँसी चोरी गरेर बिक्री गर्न लाग्दा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापा गाउँपालिका-६ बस्ने १९ वर्षीय विनोद बनिया रहेका छन् । सोमबार बिहान ११ बजे बनियाले सोही ठाउँ बस्ने खगेन्द्रकुमार कार्कीको भैँसी खेतमा चराउनको लागि पगाहा लगाएको स्थानबाट चोरी गरी लगेका थिए ।
झापा गाउँपालिका र बाह्रदशी गाउँपालिका-६ को सिमानामा पर्ने बिरिङ खोला पु¥याई भैँसी खरिद गर्ने व्यापारीहरूलाई बोलाई बिक्री गर्न खोज्दा चोरी गरी ल्याएको भन्ने शङ्का लागेर व्यापारीहरूले स्थानीय प्रहरीलाई खबर गरेका थिए । प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय झापाबाट ५ दिनको म्याद थप गरी चोरी सम्बन्धी कसुरमा अनुसन्धान कार्य जारी रहेको डीएसपी खगेन्द्र खड्काले जानकारी दिएका छन् ।






