Online Bichar
मंगलबार, फाल्गुण ०५, २०८२ | Tuesday, February 17, 2026

तानसेन, २६ जेठ २०८२ । पाल्पाको रम्भा गाउँपालिकाको जंगलमा भेटिएको वस्तु यार्सागुम्बा रहेको प्रमाणित भएको छ। रम्भा गाउँपालिका –२ र ३ को रिमिघा जंगलमा भेटिएको बस्तु यार्सागुम्बा रहेको राष्ट्रिय विधि विज्ञान प्रयोगशालाले प्रमाणित गरेको हो।

जेठ १५ र १६ गते सुन्तलाका बिरुवा लगाउने क्रममा खाडल खन्दा स्थानीयवासीले यार्सागुम्बा जस्तो देखिने जडीबुटी फेला पारेका थिए। जंगलमा भेटिएको वस्तु यार्सागुम्बा हो कि होइन भनेर प्रमाणित गर्न राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा पठाइएका थियो।

आइतबार साँझ यार्सागुम्बा नै भएकोप्रमाणित कागजात आएको पालिका अध्यक्ष विष्णु प्रसाद भण्डारीले बताए। पाल्पाको रिमिघा लेक १ हजार ७ सय ९४ उचाइमा रहेको छ ।

गाउँपालिकाले जेठ १७ गतेदेखि रिमिघा बन क्षेत्र शील गरी नेपाल प्रहरी र नगर प्रहरीले निगरानी गर्दै आएका छन्। प्रयोगशालाले रिमिघा लेकमा भेटिएको वस्तु यार्सागुम्बा भएको प्रमाणित गरेपनि यसको गुणस्तर र ग्रेडिङबारे थप अनुसन्धान भइरहेको गाउँपालिकाले जनाएको छ।

 

तपाईको प्रतिक्रिया