जेबि खड्का
गौरादह, २५ जेठ २०८२ । किसानलाई आफु किसान भएको अनुभुती गर्दै किसान भएकोमा गर्व गर्न पाउनु पर्ने वातावरण सरकारले बनाउनु पर्ने किसानहरुले माग गरेका छन। किसान संघर्ष समिति गौरादह-८ ले आईतवार अरुणोदय आधारभूत बिद्यालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा किसानहरुले खेती गरेर सबैलाई बाच्ने वातावरण तयार गरेपनि त्यही किसान आज मारमा परेको उनीहरुले बताएका छन।
किसानहरुले दुख मेहनत गरेर उत्पादन गरेको बालीले उचित मूल्य नपाएको किसानले गुनासो गरेका छन। कृषि प्रधान देशमा किसाननै मारमा पर्नु दुखदायी भएको गुनासो गरेका छन। चार्डबाड नजिकीदा बजार अनुगमन गर्ने स्थानीय सरकार किसानले उत्पादन गरेको बालीले उचित मूल्य नपाउदा पनि वास्ता नगरेको किसानको भनाइ छ। किसानले नगदे बालीका रुपमा चैते धान फलाउने गरेपनि धान भुसको मुल्यमा बिक्रि गर्नुपरेको बताएका छन।धानबाट छुटाएर निकालिने भुसको बराबर धानको इज्जत नभएको किसानको भनाइ छ।
किसान संघर्ष समितिका अध्यक्ष ईन्द्र प्रसाद पोख्रेलले पत्रकार सम्मेलनमा उत्पादन अनुदान कार्यक्रमको क्षेत्र बिस्तार र बजेट ब्यबस्थापनको सुनिश्चितता हुनुपर्ने, सरकारले तोकेको मूल्य पाउनुपर्ने, मल बीउ बिषादी समयमा पाउनुपर्ने, ट्याक्टर जोताईको दररेट खेतबारीमा प्रयोग गरिने दररेट न्युनतम कायम हुनुपर्ने, कृषि सिचाइ महसुल पुरै छुट हुनुपर्ने, बाली बिमाको कार्यक्रम स्थानीय सरकारले अनिवार्य लागू गर्नुपर्ने, तौलमा ठगी गर्ने कृतिम कालोबजारी र ठगी गर्ने दलाल र उद्योगीहरु पहिचान गरि कानुनी कार्यवाही गर्नुपर्ने माग राखेर किसानहरु आन्दोलन गरिरहेका छन।
केही दिन अगाडि देखि प्लेकार्ड सहित चक्काजाम गरेर आन्दोलन गरिरहेका किसानले बिरोध स्वरुप २६ गते घरआगनमा राँको बाल्ने, २७ गते ८ बजे देखि ८।३० सम्म बत्ती निभाउने र २९ गते प्लेकार्ड सहित गौरादहमा राँके जुलुस निकाल्ने समृद्ध जुरोपानी कृषि सहकारी संस्थाका अध्यक्ष खेमराज अधिकारीले पत्रकार सम्मेलनमा जानकारी गराएका छन। पत्रकार सम्मेलनमा अध्यक्ष अधिकारीले पत्रकारहरुले राखेका जिज्ञासाको जवाफ दिएका थिए।








