Online Bichar
बिहिबार, माघ ०९, २०८२ | Thursday, January 22, 2026

झापा, २५ जेठ २०८२ । झापाको बिर्तामोडमा एक व्यक्तीको शव बेवारिसे अवस्थामा फेला परेको छ । आज (आईतबार) साँझ अन्दाजी ६ः३० बजेको समयमा बिर्तामोड नगरपालिका-२ चैतुवाडी स्थित रहेको श्रीराम प्लाई फ्याक्ट्री नजिकै कच्ची सडकको किनारामा तत्काल नाम, थर र वतन नखुलेको तराईवासी मुलको जस्तो देखिने अन्दाजी ३५/४० वर्षिय पुरुष मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

उक्त घट्ना सम्बन्धमा इलाका प्रहरी कार्यालय घैलाडुब्बामा जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय अनारमनी र इलाका प्रहरी कार्यालय घैलाडुब्बाबाट प्रहरी टोली खटि कानुनी प्रकृया लगायतको कार्यहरु भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया