Online Bichar
शनिबार, माघ ११, २०८२ | Saturday, January 24, 2026

झापा, १५ जेठ २०८२ । जंगली हात्तीले बिर्तामोडको दुईवटा घरमा क्षति गरेको छ । आज बिहानको राति १ः३० बजे बिर्तामोड नगरपालिका वडा न. ७ मा ३ वटा जंगली हात्ती आई क्षति पुर्याएको हो । बिर्तामोड– ७ रेखाटोल बस्ने अमरबहादुर संग्रौलाको एकतले पक्की टिनको छानो भएको भान्सा घर भत्काई पूर्णरुपमा क्षति गरेको छ । जसबाट अन्दाजी २ लाख बराबरको क्षति भएको छ ।

त्यस्तै सिताराम टोल बस्ने तुलसीप्रसाद मैनालीको धानको भकारीबाट ३ मन धान खाएको छ । उनको घरको एक साईडको पर्खाल भत्काएर १ लाख २० हजार बराबरको क्षति गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया