झापा, ७ जेठ २०८२ । झापाको मिनि माउण्टेन ईङलिस सेकेण्डरी बोर्डिङ स्कुलमा अध्ययनरत विद्यार्थीहरुले धाराको पानी पिउँदा बिरामी भएका छन् । आज (बुधबार) दिउँसो २ बजेको समयमा बाह्रदशी गाउँपालीका-६ स्थितमा रहेको मिनि माउण्टेन ईङलिस सेकेण्डरी बोर्डिङ स्कुलमा अध्ययनरत विद्यार्थीहरुले सोही विद्यालयको खानेपानीको धाराबाट पानी पिउँदा १७ जना बालबालिकाहरु बिरामी भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
विद्यालयको पानि पिउँदा विद्यार्थीहरु पेट दुख्ने बिरामी भएका थिए । बिरामी भएका विद्यार्थीहरुलाई सोही विद्यालयको शिक्षकहरुले उपचारको लागी बिर्तासिटी अस्पताल बिर्तामोड ल्याई उपचार गराइ रहेको जनाइएको छ । सबै जनाको अवस्था सामान्य रहेको थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय घैलाडुब्बाबाट प्रहरी टोली खटिएको प्रहरीले जनाएको छ ।
बिरामी हुने विद्यार्थीहरुः
१. बाह्रदशी गाउँपालिका-६ बस्ने राजु किस्कुको छोरी बर्ष ११ की सुमित्रा किस्कु
२. बाह्रदशी गाउँपालिका-६ बस्ने राहुल बि।कको छोरी बर्ष १० को रेवन बि।क
३. बाह्रदशी गाउँपालिका-६ बस्ने ओमनाथ अधिकारीको छोरी बर्ष ९ की प्रनिसा अधिकारी
४. बाह्रदशी गाउँपालिका-६ बस्ने उर्मीला बर्देवाको छोरी बर्ष ९ की खुस्बु बर्देवा
५. बाह्रदशी गाउँपालिका-६ बस्ने राजेन्द्र सुन्दासको छोरी बर्ष १० की सुप्रिया सुन्दास
६. बाह्रदशी गाउँपालिका-६ बस्ने राजकुमार शर्माको छोरी बर्ष १० की सेन्जे हाङमा शर्मा
७. बाह्रदशी गाउँपालिका-६ बस्ने नरेश गजुरेलको छोरी बर्ष १० कि मनिता गजुरेल
८. बाह्रदशी गाउँपालिका-६ बस्ने गोबिन्द रिजालको छोरी बर्ष ११ की बिना रिजाल
९. बाह्रदशी गाउँपालिका-६ बस्ने बेनु ढकालको छोरा बर्ष ११ को आदित्य ढकाल
१०. बाह्रदशी गाउँपालिका-६ बस्ने मन कुमार राईको छोरी बर्ष ११ की अरबिदा राई
११. बाह्रदशी गाउँपालिका-६ बस्ने रेखा कार्कीको छोरा बर्ष ११को सुशान्त कार्की
१२. बाह्रदशी गाउँपालिका-५ बस्ने हरी कार्कीको छोरी बर्ष ११ की प्रनिशा कार्की
१३. बाह्रदशी गाउँपालिका-६ बस्ने नरेश मावोको छोरी बर्ष १० की सृष्टी मावो
१४. बाह्रदशी गाउँपालिका-६ बस्ने पप्पु साहको छोरी बर्ष ११ की ग्रीष्मा साह
१५. बाह्रदशी गाउँपालिका-६ बस्ने बिकास तामाङको छोरी बर्ष ८ की अनुसा भुजेल
१६. बाह्रदशी गाउँपालिका-६ बस्ने पदम भुजेलको छोरी बर्ष ९ की ईसिका भुजेल
१७. बाह्रदशी गाउँपालिका-६ बस्ने डम्बर लिम्बुको छोरी बर्ष ९ की बर्षा लिम्बु






