Online Bichar
बिहिबार, चैत्र १५, २०८० | Thursday, March 28, 2024

८ माघ । ङको काम हात(खुट्टाका औलाको सौन्दर्य बढाऊने मात्र होइन । यसले शरीरभित्र लुकेर रहेका बिभिन्न रोगबारे संकेत पनि दिने गर्छ । नङमा आउने रङको परिवर्तनले शारीरिक तथा मानसिक स्वास्थ्यबारे जानकारी दिन्छ भन्ने । यदि नङमा सेतो दाग, गुलाबीपना या धर्सो देखिएमा त्यो कुनै गम्भीर रोगको संकेत पनि हुन सक्छ । लिभर, मुटु, फोक्सो, छाला एवं मानसिक स्वास्थ्य समस्या सम्बन्धि समस्याको संकेत नङले पनि दिने गर्छ । त्यसैले, विरामी जाँचको क्रममा उसको हात, खुट्टाका औलाका नङको परिक्षण गरिन्छ । होमियोप्याथिक चिकित्सा पद्दतिमा बिरामिको नङको रङ परिवर्तन हुनुलाई बिषेश महत्व दिईन्छ ।

थाइराइडको समस्या

– स्वस्थ नङ सिधा र दाग(धब्वारहित हुन्छ । तर, नङ छोटो समयमै भाँचिने, चर्कीने सुख्खा हुने भएमा त्यो थाइराइड हर्मोन असन्तुलनको लक्षण हुन सक्छ । थाइराइडको कारण नङ झर्नेजस्ता समस्एया पनि हुन्छ । थाइरायडहार्मोनस असंतुलनकोसंकेत गर्दछ ।

नङ चिरिएको वा रङ पविर्तन भएर पहेलो भएको छ भने त्यो फंगल इनफेक्सनको कारण पनि हुन सक्छ ।

छालाको क्यान्सर

नङको भित्रपट्टी कुनै गहिरो रगंको धर्सा देखिएमा सचेत हुनुपर्छ । यस्तो भएमा जतिसक्दो चाडो स्वास्थ्य परीक्षण गर्न जरुरी हुन्छ । किनभने यस्तो कालो धर्सा छालाको क्यानसरको संकेत पनि हुन्छ ।

त्यस्तै, नङको रङ परिवर्तन भएर पहेलो भएमा त्यो अन्य क्यानर जस्तो घातक रोगको पनि लक्षण हुन सक्छ । नङको रङ निलो हुँदै गएको छ भने त्यो मुुटु रोगको लक्षण हो ।

फोक्सोको समस्या

कतिपयको नङको आकार परवर्तन भएर घडिको शिशाजस्तो हुने गर्छ । यसले क्ष्यरोग, फोक्सोको टियुमरजस्ता समस्यातर्फ पनि इंगित गर्छ । त्यस्तै, नङ चम्चा आकारको भएमा त्यसले छाला सम्बन्धि रोग तथा मानशिक समस्यातर्फ संकेत गर्छ ।

वंशाणुगत समस्या

यदि नङमा डाँडाको टुप्पाजस्तो खस्रो धर्सा देखिएको छ भने त्यो प्राकृतिक या वशांनुगत रोगको संकेत हुन सक्छ । त्यति मात्र नभएर यस्तो रङले अर्थराईटिस, कोलाईटिस, जस्ता रोग हुनसक्ने पनि सम्भावना देखाउँछ ।

नङको रङ निलो हुदै गईरहेको छ भने अक्सिजनको कमी, स्वासप्रश्वासको समस्या वा मुटु रोगको कारण पनि हुन सक्छ ।

मधुमेह

बेलाबखत नङको रङ आधा गुलाबि र आधासेतो देखिन सक्छ । यस्तो रङले मधुमेहको संकेत गर्छ । नङ निकै सेतो देखिएको छ भने एनिमिया पनि भएको हुन सक्छ ।

इतिहास

चिकित्सा शास्त्रको इतिहास हेर्ने हो भने, प्राचिन कालमा आजको जस्तो रोग निदानका आधुनिक उपकरण थिएनन् । त्यतिबेला आयुर्वेदिकले रोगीको शारीरिक निरीक्षणको क्रममा नाडी, जिब्रो र हात खुट्टाका नङलाई हेरि रोग पत्ता लगाउने गर्थे । उनीहरुले यसकै आधारमा गम्भीर रोगको समेत सफल उपचार गर्थे ।

जब सन् १७९० मा होमियोप्याथिक चिकित्साको बिकास भयो, त्यसपछि रोगीको अन्य परीक्षण गराउनुका साथै हात(खुट्टाका नडङको बिभिन्न अवस्थालाइ मध्येनजर राखेर, नङको रुप, रङ, आकार, परिवर्तनको आधारमा पनि रोगको पहिचान गर्ने र त्यसैअनुसार सफल उपचार गर्दै आइरहेको छ ।

मिश्र आस्था होमियो क्लिनिकका होमियोप्याथिक कन्सल्टेन्ट हुन्

अनलाइनखबरबाट

तपाईको प्रतिक्रिया