Online Bichar
शनिबार, भाद्र २७, २०८३ | Saturday, September 12, 2026

इलाम, ३ जेठ २०८२ । जंगली निगुरो खाएर इलामका एक दम्पती सिकिस्त भएका छन् । आज साँझ ६:३० बजे इलाम नगरपालिका–९ गोलाखर्क वस्ने ६३ वर्षीय प्रेमप्रसाद अर्याल आफ्नै घरमा निगुरो र जरिङ्गोको सब्जी खाएर बिरामी भएका छन् । उनलाई जिल्ला अस्पताल इलाममा सामान्य उपचारपश्चात् थप उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड रेफर गरिएको छ । उनी बोल्न नसक्ने अचेत अवस्थामा छन् ।

साथै उनकी श्रीमती ५८ वर्षीया बालकुमारी अर्यालसमेत बिरामी भएकी छन् । उनलाई पनि उपचारको लागि बीएण्डसी अस्पताल ल्याइएको छ । उनको अवस्था सामान्य रहेको इलाम प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया