Online Bichar
बुधबार, माघ ०८, २०८२ | Wednesday, January 21, 2026

झापा, ३ जेठ २०८२ । झापाको गौरीगञ्जमा पानीसँगै आएको हावाहुरीले एक घरमा क्षति पुर्‍याएको छ । हिँजो शुक्रबार राती १०ः३० बजेको समयमा गौरीगञ्ज गाँउपालिका३ ठेकीटोला बस्ने मिनादेवी राजवंशीको टिनको छाना भएको बाँसको टाटीले सेन्ट्री बेरा गरेको १ तले २ कोठे घरको छाना पानी संगै आएको हावाहुरीले उडाई क्षति पुर्‍याएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

हावाहुरीले क्षति पुर्‍याएको भन्ने खबर इलाका प्रहरी कार्यालय गौरीगञ्जमा आज जानकारी प्राप्त हुना साथ प्रहरीको टोली खटि गई बुझ्दा मानविय चौपाय क्षती नभएको जनाइएको छ । पानीसँगै आएको हावाहुरीले घरको छाना पूर्ण रुपमा उडाउँदा अन्दाजी ३५ हजार बराबरको क्षति भएको झापा प्रहरीले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया