जेबि खड्का
गौरादह, २७ वैशाख २०८२ । लागु औषध दुर्व्यसनि न्युनिकरण अभियान अन्तर्गत शनिबार गौरादहमा म्याराथुन दौड संचालन गरिएको छ। गौरादह नगरपालिकाको सहकार्य तथा लायन्स क्लब अफ गौरादहको आयोजनामा ५ किलो मिटर म्याराथुन दौड संचालन गरिएको थियो ।
शनिबार सम्पन्न म्याराथुन दौडमा युवा युवती का साथै बृद्ध अवस्थाका व्यक्ति समेत दौडमा सहभागी भएका थिए। दौडमा सहभागी युवाहरुले १७ मिनेट देखि २० मिनेट सम्ममा दौड पुरा गरेका थिए। महिला तर्फ २४ मिनेट देखि ३० मिनेट सम्ममा दौड पूरा गरेका थिए। म्याराथुन दौडमा युवा तर्फ गौरादह-२ का सुपन कार्की प्रथम, गौरादह-९ का मनिष घिमिरे दोस्रो, गौरादह-३ का सन्तोष दाहाल तेस्रो र गौरादह-१ का ज्ञानेन्द्र कार्की सान्त्वना भएका थिए। महिला तर्फ गौरादह-१ कि सोफिया खातुन प्रथम, गौरादह -२ कि अनिषा मर्डी दोस्रो, गौरादह -१ कि सोफिया श्रेष्ठ तेस्रो र गौरादह -२ कि करिना चौधरी सान्त्वना भएकि थिईन।
त्यसै गरि ८० बर्षका केदार प्रसाद बिमलीले पनि ३५ मिनेटमा दौड पुरा गरेका थिए। दौडमा पुरुष तथा महिला दुबै तर्फ पहिलो, दोस्रो तेस्रो र सान्त्वना हुनेले जनही १० हजार, ७ हजार ५ सय, ५ हजार र ३ हजार नगद सहित प्रमाण पत्र हात पारेका थिए।
युवा समुदायमा बढ्दै गएको लागु औषध सेवनकर्तालाई निरुत्साहित पार्न क्लबले अभिभावक तथा बिद्यार्थी सचेतना कार्यक्रम संचालन गर्दै आएको छ। लायन्स क्लबले नगरपालिकाको सहकार्यमा लागु औषध प्रयोग कर्ताहरुको पहिचान गर्न नगरपालिकाका सबै वडामा सामाजिक प्रहरी संचालन गर्ने जनाएको छ। लायन्स क्लबका अध्यक्ष किशोर के.शि. को सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रममा गौरादह नगरपालिकाका मेयर छत्रपति सुवेदी, उपमेयर जलबर्षा राजवंशी (चौधरी) म्याराथुन दौडका कार्यक्रम संयोजक हेमन्त कार्की लगायतले शुभकामना मन्तब्य राखेका थिए। लायन्स क्लब गौरादहका सचिब मन्तोष बिमलीले कार्यक्रम संचालन गरेका थिए।