Online Bichar
शुक्रबार, जेठ ०३, २०८२ | Friday, May 16, 2025

काठमाडौं, २६ वैशाख २०८२ । भारत र पाकिस्तानबीच बढ्दो द्वन्द्वका कारण इन्डियन प्रिमियर लिग (आईपीएल) एक हफ्ताका लागि स्थगित भएको छ । भारतीय क्रिकेट बोर्ड ९बीसीसीआई०ले जारी आईपीएल एक हप्ताका लागि स्थगित गर्ने निर्णय गरेको हो ।

बीसीसीआईले उक्त निर्णय विज्ञप्तिमार्फत सार्वजनिक गरेको छ । बोर्डका सचिव देवाजित साईकियाले विज्ञप्ति जारी गरेका थिए ।

बोर्डले आईपीएलको गर्भनिङ काउन्सिलले सम्बन्धित अन्य निकाय, साझेदार, प्रसारण संस्थाहरूसँगको छलफलबाट स्थगित गर्ने निष्कर्षमा पुगेको जनाएको छ । बोर्डले विज्ञप्तिमा क्रिकेटसँग राष्ट्रिय भावना जोडिए पनि राष्ट्र र राष्ट्रको सार्वभौमसत्ता र सुरक्षा प्रमुख रहेको उल्लेख गरेको छ ।

यसअघि भारतीय सञ्चारमाध्यमहरूले द्वन्द्वका कारण बोर्डले आईपीइल अनिश्चित समयका निम्ति स्थगित गरेको उल्लेख गरेका थिए ।

 

तपाईको प्रतिक्रिया