Online Bichar
बुधबार, बैशाख १२, २०८१ | Wednesday, April 24, 2024

दमक, ६ माघ । तीर्थ भु्जेल २०७२ सालमा झापाको गौरादह नगरपालिका, ४ स्थित कञ्चनजंघा प्राथामिक सरुवा भएर आए । त्यतिबेला सो विद्यालयमा विद्यार्थी संख्या १७ मात्रै थियो । विद्यालय मर्जर हुनबाट जोगाउने भन्दै माथिल्लो निकायमा पठाएको विवरणमा भने विद्यार्थीको संख्या ५१ उल्लेख गरे ।

२०७३ सालको शैक्षिक सत्रको सुरुवातसँगै उनी शिक्षकको टोली बनाएर विद्यार्थी जुटाउने अभियानमा जुटे । नभन्दै विद्यार्थी संख्या बढेर ४० पुग्यो । क्रमिक रुपमा विद्यार्थी संख्या बढ्दै जाँदा यतिखेर ८१ विद्यार्थी छन् ।

मिहिनेतको कदर गर्दै समुदायले भुजेललाई प्रधानध्यापकको जिम्मेवारी दियो । तर, विद्यार्थीको चापसँगै निजी स्रोतबाट राखिएका शिक्षकलाई अढाई वर्षदेखि तलब दिन नसक्दा उनी चिन्तित छन् । यो समाचार आजको नागरिक दैनिकबाट लिएको हो ।
पत्रपत्रिकाबाट

तपाईको प्रतिक्रिया