Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

काठमाडौं, ६ माघ । सरकारले विगत वर्षमा जस्तै खर्च गर्न नसक्दा सरकारी ढुकुटीमा करिब ढेड खर्ब रुपैयाँ थुप्रिएको छ । राजस्व उठाउने तर पुँजीगत खर्च गर्न नसक्ने प्रवृतिका कारण माघ ३ गतेसम्म सरकारले खर्च गर्न पाउने रकम नै एक खर्ब ५४ अर्ब पुगेको हो ।

सरकारी आय व्यको तथ्याङ्क राख्ने निकाय महालेखा नियन्त्रक कार्यालयका अनुसार पुस मसान्तसाम्म सरकारी ढुकुटीमा एक खर्ब ४४ अर्ब बचत थियो । माघ ३ गतेसम्म यस्तो रकम १० अर्बले बढेको हो । यसबाहेक

सरकारका विभिन्न कोषमा रहेको रकम करिब सवा खर्ब छ । यो रकम भने सरकारले आफ्नो तजविजबाट खर्च गर्न पाउँदैन् । सरकारले पुस मसान्तसम्म ५५ अर्ब ५२ करोड रुपैयाँ पुँजीगत बजेट खर्च गरेको महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कमा छ । यो समाचार आजको नागरिक दैनिक पत्रिकाबाट लिएको हो ।
पत्रपत्रिकाबाट

तपाईको प्रतिक्रिया