झापा, १५ वैशाख २०८२ । जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक मिलन केसीको सरुवा भएको छ ।
उनको अपराध अनुसन्धान शाखा काठमाडौमा सरुवा भएको हो । केसीको ठाउँमा जिल्ला प्रहरी कार्यालय चितवनबाट राजन लिम्बू आउने भएका छन् । गत माघ १२ गते मात्र लिम्बू कर्णाली प्रदेश प्रहरी कार्यालय विरेन्द्रनगरबाट चितवन आएका थिए । लिम्बूले प्रहरी नायव उपरीक्षक हुँदा जिल्ला प्रहरी कार्यालय ताप्लेजुङको कमाण्ड सम्हालेका थिए ।
झापा प्रहरीको कमाण्ड सम्हाल्न धेरैजनाले इच्छा गरेपनि लिम्बूले तीन महिनामै अर्को सरुवा मिलाउँदै बाजी मारेका हुन् । उनी प्रधानमन्त्री केपी ओलीनिकट मानिन्छन् ।
नेपाल प्रहरीका ६३ जना प्रहरी उपरीक्षक ९एसपी०को सरुवा गरिएको छ । प्रहरी महानिरीक्षकको सोमबारको निर्णय अनुसार ६३ जना एसपीको सरुवा भएको हो । वैशाख महिनाको तलब सरुवा भएकै दरबन्दीबाट पाउने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।