Online Bichar
शनिबार, आषाढ २०, २०८३ | Saturday, July 4, 2026

गौरादह, ५ माघ । झापा जिल्लाको गौरादह नगरपालिका १ को श्रीकृष्ण प्रणामी सेवा समितिको मन्दिर परिसरमा श्रीमद्भागवत महापुराण शुरु भएको छ ।

पुराण उद्घाटन अघि मन्दिर परिसरबाट निकालिएको कलस यात्रा सहितको शोभा यात्राले गौरादहको डिपुचोक बाट पेट्रोल पम्प दक्षिण गौरादह उद्योग वाणिज्य संघको परिसर हुँदै बजार परिक्रमा गरी पुनः मन्दिर स्थलमा विशर्जन गरेका थिए । स्थानीय संघसंस्था, किर्तन मण्डली, विद्यालय, खेलाडी तथा महिला समूहहरु लगाएतको सक्रिय सहभागितामा सो कलश यात्रा सम्पन्न भएको स्थानीय युवराज रिजालले बताए ।

साविक झापा क्षेत्र नं. ६ का सभासद् दिपक कार्कीले पानसमा बत्तीबालेर महापुराणको उद्घाटन गरेका थिए । महापुराण अवधिभर भागवताचार्य रोहित राज महाराजले कथा वाचन गर्नेछन् ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार
सेवा समितिको प्रांगणमा भजन किर्तन, विवाह व्रतवन्ध तथा शुभकार्य र जेष्ठ नागरिकहरुलाई आराम गर्ने स्थल सहितको सुविधा सम्पन्न सामुदायिक सत्संग निर्माण गर्ने उद्देश्यले आर्थिक संकलन गर्न महापुराण आयोजना गरिएको समितिका सहसचिव दिपक उप्रेतीले जानकारी गराए ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

पण्डित नगेन्द्र सापकोटा स्वस्तिक वाचन गरेका थिए । पुराण आयोजक समितिका अध्यक्ष मोहन प्रसाद उप्रेतीको सभापतित्वमा उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो । त्यस अवसरमा गौरादह नगरपालिकाका मेयर रोहित कुमार साह, सत्संग जिल्ला उपाध्यक्ष विष्णु प्रसाई, श्रीकृष्ण प्रणामी केन्द्रिय उपाध्यक्ष सारदा प्रसाद थपलिया, सदस्य प्रेम दंगाल, वडा नं. १ का वडाध्यक्ष नगेन्द्र भण्डारीले शुभकामना मन्तव्य राखेका थिए । नैन दाहालले स्वागत मन्तव्य राखेको कार्यक्रममा वद्री कार्कीले सञ्चालन गरेका थिए ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments