Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

गौरादह, ५ माघ । नेपाली कांग्रेसका नेता एवम् पूर्व महामन्त्री कृष्ण सिटौलाले पार्टी सुद्रिढिकरण गर्दै संगठनलाई मजवुत गराउन नयाँ सोच र कार्यनितीकासाथ अगाडि वढ्न आवस्यक रहेको वताएका छन् ।

नेपाली कांग्रेस गौरादह नगर समितिको आयोजनामा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्वोधन गर्दै नेता सिटौलाले राजनीतिमा मुलुकले फड्को मार्दै गणतान्त्रिक व्यवस्थामा आइपुग्दा पार्टी सिद्धान्त र विचार पुरानै शैलीको भएकाले त्यसमा परिवर्तन गर्न आवस्यक रहेको धारणा राखे । पार्टी कार्यकर्ताहरुको भावना, राय सल्लाह र सुझावका आधारमा पार्टीभित्र आमूल परिवर्तन गर्न आवस्यक रहेको वताए ।

संविधानले तीन तहको सरकारको व्यवस्था गरेपनि स्थानीय सरकार अधिकार सम्पन्न भएको दावी गरे । संघ र प्रदेश सरकारको मातहतमा रहेको स्थानीय सरकारले जनताको काम गर्ने भएकाले पार्टी र जनप्रतिनिधिहरु बीच समन्वयको आवस्यकता रहेको वताए । पार्टी भित्र सामान्य विवाद रहेपनि सैद्धान्तिक विचलन नरहेकाले चुनावमा पराजित भएपनि पार्टी पराजित नभएको धारणा राखे ।

वर्तमान सरकारले मुलुक र जनताको हितमा काम गर्न नसकेको प्रतिकृया दिदै विगत सरकारले शुरुगरेका आयोजनाहरु समेत अलपत्र परेको वताएका छन् । पार्टी कार्यकर्ताहरुको सुझाव संकलन गर्न गौरादह आएका सिटौलालाई अधिकांश कार्यकताहरुले पार्टी भित्र रहेको अन्तरकलह र नेताहरु विभाजन भएका कारण पार्टी अगाडि बढ्न नसकेकोमा तिव्र आक्रोश व्यक्त गरेका थिए ।

अधिकांश कार्यकर्ताहरुले पार्टी भित्र रहेको गुटवन्दीको अन्त्य गरी नेताहरुलाई एकै स्थानमा उभिन आग्रह गरेका थिए । यसरी सुझाव दिनेहरुमा इन्दिरा पोख्रल, चिरञ्जिवी दाहाल, इन्द्र गौतम, गोपाल सिटौला रहेका छन् । ने.का. क्षेत्रिय सचिव शुर्यभक्त सिटौलाले सरकारले गरेका बेथीतिको वारेमा पार्टीले आप्mनो धारणा राख्दै वलियो प्रतिपक्षको भूमिका निर्वाह गर्नुपर्ने वताए । मनिसा अधिकारीले निर्मला हत्याकाण्डको विषयमा जनताहरु आन्दोलनमा उत्रदा समेत पार्टीको आधिकारिक धारणा नआएको वताईन ।

पुण्य सिग्देलले सरकारले जनतालाई करको भार थप्नु, तिरेको कर सदुपयोग नहुनु र नेताहरुमा चेतना नआउनु तथा निजी सम्पतीमा आंकुस लगाउदा समेत पार्टी मौन वस्नु नहुने प्रतिकृया दिए । शिक्षक महासंघ गौरादह अध्यक्ष वावुराम भण्डारीले सिंह दरवार गाउँगाउँमा भनिए पनि नारामै सिमित रहेको तर व्यवहारमा नआएको धारणा राखे । नेपाली कांग्रेश क्षेत्रिय सभापती रोहित कुमार साहले स्वागत मन्तव्य सहित कार्यक्रमको औचित्य माथी प्रकाश पारेका थिए ।

तपाईको प्रतिक्रिया