Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

झापा, ५ माघ । त्रिभुवन विश्वविद्यालय अन्तर्गतका क्याम्पसहरुमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको सरगर्मी सरुभएको छ । फाल्गुण १४ गते सम्पन्नहुने पूर्व निर्धारित मितिलाई लक्षित गरेर विद्यार्थी संगठनहरुले तयारी सुरु गरेका छन् । झापाको गौरादह कृषि क्याम्पसमा समेत चुनावी चहलपहल सुरु भएको छ । कृषि क्याम्पसका नेपाल विद्यार्थी संघका इकाई सचिव सुमन केसीले नेविसंघ परित्याग गरी अनेरास्ववियूमा प्रवेश गरेका छन् ।

त्रिभुवन विश्वविद्यालय कृषि र पशु विज्ञान अध्ययन संस्थान अन्तर्गत गत बर्षबाट बिएस्सी एजीको पठनपाठन सुरु भएको सो आंगिक क्याम्पसमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन र नेपाल विद्यार्थी संघ सक्रिय छन् । अनेरास्ववियु मूल इकाई समिति गौरादह कृषि क्याम्पसले आज आयोजना गरेको नव प्रपेशीलाई स्वागत तथा टिसर्ट वितरण कार्यक्रममा आफ्नो असन्तुष्टी राख्दै नेविसंघ सचिव केसी अनेरास्ववियुमा प्रवेश गरेको बताइएको छ । उनले विद्यार्थी हकहितको लागि आशलाग्दो भरोसा योग्य संगठन अनेरास्ववियू भएकोले नेविसंघ परित्याग गरेको बताएका छन् ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

कार्यक्रमका प्रमुख अतिथि संविधान सभा सदस्य तथा नेपाल कम्युनिष्ट पाटीका नेता दिपक कार्कीले अबिर टिका लगाएर विद्यार्थी नेता केसीलाई नेकपा अन्तर्गतको विद्यार्थी संगठन अनेरास्ववियुमा प्रवेश गराएका थिए । कार्यक्रममा अनेरास्ववियु झापाको पहलमा उपलब्ध गराएको संगठनको पहिचान झल्किने लोगो, नाम र नारा लेखिएका टिसर्ट विद्यार्थीहरुलाई वितरण समेत गरिएको क्याम्पस मूल इकाइ कमिटिका अध्यक्ष बिराज भण्डारीले बताए । टिसर्टमा “अनेरास्ववियुको अभिभारा दिगो कृषि क्रान्ति हाम्रो नारा” लेखिएको छ ।

कार्यक्रममा प्रमुख अतिथि कार्की, नेकपाका जिल्ला नेता योगराज दहालले र प्रथम बर्षका विद्यार्थी पूर्णबहादुर रानाले मन्तब्य राखेका थिए । नेकपाका नेताहरु पुष्पलाल ढकाल, मित्रदेव काफ्ले, नगेन्द्र भण्डारी, श्याम दहाल, भिमबिजय बाँस्तोला लगाएतको उपस्थिति रहेको थियो । अनेरास्ववियू गौरादह कृषि क्याम्पसका मूल इकाइ कमिटि अध्यक्ष बिराज भण्डारीको सभापतित्वमा सम्पन्न सो कार्यक्रमको संचालन सचिव मनोज सापकोटाले गरेका थिए ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

तपाईको प्रतिक्रिया