Online Bichar
शनिबार, आषाढ २०, २०८३ | Saturday, July 4, 2026

अभि पुरी

 

नाफा घाटाको व्यापार बुुझ्छौँ भन्नेहरू ।

पीर नगर सदाबहार बुझ्छौँ भन्नेहरू ।।

मुखै खोल्दा पनि किन मौन बसेका छन् ।

आँ गरे नि अलङ्कार बुझ्छौँ भन्नेहरू ।।

महल भित्रैबाट हेर बेखवर बनिदिए ।

झुपडीका पनि बिचार बुझ्छौँ भन्नेहरू ।।

आज एक विवाहिताको सुहाग लुटदैछन् ।

हिजो बिधुवाको पनि श्रृङ्गार बुझ्छौँ भन्नेहरू ।।

नाफा घाटाको व्यापार बुुझ्छौँ भन्नेहरू ।

पीर नगर सदाबहार बुझ्छौँ भन्नेहरू ।।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार
लेखक: अभि पुरी
तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments