Online Bichar
शुक्रबार, साउन २२, २०८३ | Friday, August 7, 2026

काठमाडौं, ४ वैशाख २०८२ । मलेसियाले गैरकानुनी रूपमा बसोबास गर्ने तीन जना नेपालीलाई निष्कासन गरेको छ। मलेसियाको अध्यागमन प्रहरीले उनीहरूलाई पक्राउ गरी निष्कासन गरेको हो।

निष्कासनमा पर्नेमा तामाङ, थारू, शर्मा र राना मगर थरका एक(एक जना रहेका छन्। उनीहरूलाई मालिन्दो एयरको विमानबाट नेपाल फर्काइएको स्रोतले जानकारी दिएको छ। उनीहरूले मलेसियामा लुकीछिपी काम गरेको पाइएपछि त्यहाँको प्रहरीले नियन्त्रणमा लिएको थियो। पक्राउ परेका उनीहरूमाथि अनुसन्धान गरी नेपाल निष्कासन गरिएको स्रोतको भनाइ छ।

वैदेशिक रोजगारीको प्रमुख गन्तव्य रहेको मलेसियामा धेरै नेपालीहरू अवैधरूपमा काम गरिरहेको बताइन्छ। त्यस्ता नेपालीहरू दिनहुँ पक्राउ पर्ने गरेको मलेसियाका नेपाली संघसंस्थाहरूले जनाएका छन्। भिसाको म्याद सकेर लुकीछिपी बस्ने, राम्रो काम नभएपछि भागेर लुकीछिपी काम गर्ने नेपालीहरू पक्राउ पर्ने गरेको त्यहाँका नेपालीहरूको भनाइ छ।

 

तपाईको प्रतिक्रिया