Online Bichar
मंगलबार, बैशाख ०९, २०८२ | Tuesday, April 22, 2025

काठमाडौं, ३ वैशाख २०८२ । स्थानीय बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। आज २ हजार ७ सय रुपैयाँले बढेर एक तोला सुनको मूल्य १ लाख ८७ हजार कायम भएको हो। यो मूल्य हालसम्मकै उच्च हो ।

नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला सुन १ लाख ८७ हजारमा खरिदबिक्री भइरहेको छ। मंगलबार प्रतितोला १ लाख ८४ हजार ३०० मा कारोबार भएको सुन आज तोलामा २ हजार ७ सय रुपैयाँले बढेको हो।

यस्तै आज चाँदीको मूल्य पनि १० रुपैयाँले वृद्धि भएको छ। चाँदी तोलाको १ हजार ९ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

तपाईको प्रतिक्रिया