Online Bichar
शुक्रबार, बैशाख ०७, २०८१ | Friday, April 19, 2024

भद्रपुर, ३ माघ । अवैध रुपमा भारत तर्फ लैजाद गरेको ७ लाख ६० हजार मूल्य बराबरको चिलाउनेको काठ र गाडीसहित दुइजनालाइ प्रहरीले पक्राउ गरेको छ ।

झापाको गौरीगञ्ज गाउँपालिका १ स्थित कुञ्जीबारी क्षेत्र हुदै मे १ च ५६०४ नम्बरको छोटा हात्तीमा राखेर भारत तर्फ लैजादै गरेको अवस्थामा १ सय ३९ नम्बरको स्तम्भ स्थित दशगजा क्षेत्रबाट काठ बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

गौरीगञ्ज विओपीका इन्सपेक्टर दिपक खड्का र सशस्त्र प्रहरी क्षेत्रीय कार्यालयका साधा पोसाकमा खटिएका प्रहरीले संयुक्त रुपमा काठ बरामद गरेको जनाएको छ ।

अन्दाजी ५० क्यूफिट चिलाउने जातको चिरान काठ शङ्का लागेर चेकजाँच गर्दा बिल फेला नपरेकोले बरामद गरिएको इन्सपेक्टर खड्काले जनाए ।

काठ अवैध ठहरिएपछि गाडी चालक कमल गाउँपालिका १ हाम्रो चोकाका ३० वर्षिय तारानिधी थपलिया र काठधनी गौरीगञ्ज गाउँपालिका १ का ३० वर्षिय गुलचन महतोलाइ नियन्त्रणमा लिएको उनले जनाए ।

काठको अन्दाजी मूल्य ७ लाख ६० हजार रहेको जनाइउको छ ।

घटना स्थलमा तत्काल बिल देखाउन नसकेपनि केहीबेर पछि बिल ल्याएकोले शङ्का लागेर आवश्यक अनुसन्धानको लागि मानिस,काठ र गाडी इलाका वन कार्यालय सुरुङ्गा पठाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

ब्लाष्टखबर बाट साभार

तपाईको प्रतिक्रिया