Online Bichar
बिहिबार, भाद्र ०४, २०८३ | Thursday, August 20, 2026

भादगाउँ, ३१ चैत २०८१ । भक्तपुरमा बिस्का जात्रा मनाउने क्रममा भैरवनाथको रथले किचेर एकजनाको मृत्यु भएको छ । भक्तपुर नगरपालिका–४ घर भइ हाल सूर्यविनायक नगरपालिका–८, सिपाटोलस्थित इटबू बस्ने ३६ वर्षीय सुशील तमखूको मृत्यु भएको हो ।

बिस्का जात्राको चौथो दिन आइतबार भेलुखेलस्थित योसिंखेलमा ५५ हात लामो योसिं ठड्याउन भैरवनाथको रथलाई गाःहिटीबाट योसिंखेल लैजाने क्रममा तमखूलाई रथले किचेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक माधव बुढाथोकीले जानकारी दिए ।

रथले तमखूको शरीरको बीच भागमा किचेको र उनको घटनास्थलमा नै मृत्यु भएको उनले बताए ।रासस

 

तपाईको प्रतिक्रिया