Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

काठमाडौं, ३ माघ । पर्वतको कुश्मा नगरपालिकास्थित मालढुंगामा बस दुर्घटना हुँदा कम्तीमा ३ जनाको मृत्यु भएको छ । ३८ जना घाइते छन् ।

बिहीबार बिहान ७ बजे बेनीबाट नारायणगढका लागि छुटेको ग १ ख ६१०८ नम्बरको बस दुर्घटना हुँदा उनीहरुको घटनास्थलमै मृत्यु भएको हो । मृतकहरुको सनाखत भइसकेको छैन ।

जिल्ला प्रहरी कार्यालय, पर्वतका प्रमुख डीएसपी भुवनेश्वर तिवारीले बस भीरबाट करिब ६० मिटर तल खसको अनलाइनखबरलाई बताए । उनका अनुसार घाइतेहरुको बाग्लुङ र पर्वत अस्पतालमा उपचार भइरहेको छ ।

केही गम्भीर घाइतेलाई अन्यत्र रिफर गर्ने तयारी गरिएको छ ।

तपाईको प्रतिक्रिया