Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

काठमाडौं, ३ माघ । युभेन्टसले इटालियन सुपर कप फुटबलको कीर्तिमानी उपाधि उचालेको छ ।

बुधबार राति साउदी अरबमा भएको इटालियन सुपर कपको फाइनलमा एसी मिलानलाई पराजित गर्दै युभेन्टसले कीर्तिमानी आठौं पटक उपाधि जितेको हो । युभेन्टसले एसी मिलानलाई १-० गोलअन्तरले पराजित गर्दै उपाधि उचालेको हो ।

युभेन्टसको जितमा क्रिस्टियानो रोनाल्डोले निर्णायक गोल गरे । पहिलो हाफमा गोलरहित बराबरी खेलेको युभेन्टसले दोस्रो हाफमा गोल सफल भयो । खेलको ६१औं मिनेटमा रोनाल्डोले गोल गर्दै अग्रता दिलाएका थिए । बाँकी समयमा गोल हुन नसकेपछि युभेन्टसले खेल १-० ले जितेको हो ।

जितसँगै युभेन्टसले इटालियन सुपर कपको उपाधि सर्वा्धिक आठौं पटक जितेको हो । एसी मिलानले सात पटक उपाधि जितेको छ ।

तपाईको प्रतिक्रिया