Online Bichar
बिहिबार, बैशाख ०६, २०८१ | Thursday, April 18, 2024

डोटी, २ माघ । दिपायल सिलगढी नगरपालिका-६ सिलगढीमा आगलागी हुँदा तीन पसल जलेर नस्ट भएका छन् ।

मंगलबार राति १२.३० बजे नाचन्थली मोडमा रहेको बहादुर बोहराको कपडा र सिलाइकटाईको पसल, रन्जन नेपालीको मोवाइल ग्यालरी, दीर्घ बिकको सैलुन पसल जलेर नस्ट भएको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ ।

आगो कसरी लाग्यो भन्ने बारे केही कुरा बाहिर आउन नसकेको प्रहरीले बताएको छ । आफ्नो पसल राम्रोसंग बेलुका बन्द गरेर गएको मध्यरातमा कसरी आगलागी भयो भन्ने बारे केही थाहा नभएको मोवाइल पसलका सञ्चालक रन्जन नेपालीले बताए ।

आगलागी भएपछि दिपायल सिलगढी नगरपालिकाको दमकल, नेपाल प्रहरी, नेपाली सेना र स्थानीयले आगो नियन्त्रणमा लिएका थिए । क्षतिको पूर्ण बिवरण तयार भैरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया