Online Bichar
सोमबार, आश्विन २६, २०८३ | Monday, October 12, 2026

झापा, २४ चैत २०८१ । नेपाल शिक्षक महासंघले आम शैक्षिक हड्तालको घोषणा गरेको छ। सरकारले वार्ताका लागि गरेको आह्वान नटेरेको महासंघले आन्दोलनलाई थप शसक्त बनाउन भन्दै सोमबारबाट हड्तालको घोषणा गरेको हो। महासंघले यो अवधिमा उत्तरपुस्तिका परीक्षण, नतिजा प्रकाशन, तालिम गोष्ठी, सेमिनार, शैक्षिक भ्रमण जस्ता कुनै पनि काममा संलग्न नहुन सबैमा अनुरोध गरेको छ।

महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदी र महासचिव तुलाबहादुर थापाले विज्ञप्ति जारी गर्दै सबै शिक्षकलाई अनिवार्य आन्दोलनमा भाग लिन उर्दी जारी गरेका छन्। नयाँ शैक्षिक सत्रको शुरुवात अघि गर्नु पर्ने नतिजा प्रकाशन र आगामी शैक्षिक सत्रको व्यवस्थापनको काम यतिखेर विद्यालयहरुको मुख्य काम हो। कक्षा १० को अन्तिम परीक्षा एसईईको कापी परीक्षणमा पनि शिक्षकहरु संलग्न हुने समय यही हो। तर यही बेलामा महासंघले हड्तालको आह्वान गरेको छ।

सडक केन्द्रित आन्दोलन शुरु गरेको पाँचौं दिनसम्म पनि सरकारसँग वार्ता र छलफलको भएको छैन। आज महासंघले सिठ्ठि जुलुस निकाल्ने जनाएको छ।

 

तपाईको प्रतिक्रिया