Online Bichar
शुक्रबार, बैशाख ०७, २०८१ | Friday, April 19, 2024

काठमाडौं, २ माघ । पूर्वनिर्धारित समयमा महाधिवेशन गर्न नसकेपछि राजनीतिक निर्णयका आधारमा आजदेखि नेविसंघ विघटन भएको छ ।

गत मंसिर २ गते दोस्रो पटक दुई महिनाका लागि म्याद थपिएको नेपाल विद्यार्थी संघको कार्यकाल आज देखि सकिएको हो । संशोधित विधानअनुसार दोस्रो पटक ५ महिना म्याद थपिएको थियो । तर, थपिएको समयसीमा भित्र १४ जिल्लामा मात्र अधिवेशन भएकाले वर्तमान कार्यसमितिको म्याद फेरि थप्ने या तदर्थ समिति बनाउने भन्नेमा नेविसंघका नेताहरु विभिाजित भएका छन् ।

अधिकांशे कार्यसमितिलाई थप चार महिना म्याद थपेर महाधिवेसन गराउनुपर्ने पक्षमा छन् भने कतिपय तर्दथ समितिमार्फत महाधिवेशन गराउनुपर्ने पक्षमा लविङ गरिरहेका छन् । तोकिएको समयभित्र १२ औं महाधिवेशन नहुने निश्चित भएको भन्दै नेविसंघ केन्द्रीय समितिका उपाध्यक्ष, महामन्त्री, सहमहामन्त्रीसहित ५२ जनाले राजीनामा दिएका छन् ।

तपाईको प्रतिक्रिया