Online Bichar
मंगलबार, भाद्र ०९, २०८३ | Tuesday, August 25, 2026

सुनसरी, १८ चैत २०८१ । सुनसरीको हरिनगर गाउँपालिका–५ वसन्तपुरस्थित बङाली टोला २९ घर जलेका छन्। विद्युत् सर्ट भई आगलागी हुँदा १२ परिवारका २९ वटा घर पूण रूपले जलेर नष्ट भएका प्रहरी उपरीक्षक सुमन तिम्सिनाले जानकारी दिए।

आगलागीमा स्थानीय सिकन्दर अलि, जुबेर अलि, सब्बिर अलि, अबुहेलाल अलि, इम्ताज आलम, अशफाक अलि, इमशाक अलि, प्रवेज अलि, इर्फान मियाँ, फैयाज आलम र कैशर अलिको घर पूर्णरुपमा जलेर नष्ट भएको स्थानीय नइम अन्सारीले जानकारी दिए।

यसैगरी नजाम मियाँ र नौशाद मियाँको घरमा अंसिक रूपमा क्षति भएको छ। यहाँ अधिकांश फुस र टिनले छाएका घर रहेका थिए। आगलागीबाट घरभित्र रहेका खाद्यान्न, लत्ता कपडा, फर्निचरका सामग्री, गरगहना जलेका प्रहरी उपरीक्षक तिम्सिनाले बताए।

यसैबीच अग्नीपीडित परिवारलाई अत्यावश्यक खाद्यान्न र त्रिपाललगायत सामग्री वितरण गरिएको हरिनगर गाउँपालिका अध्यक्ष हाजी गफार अन्सारीले जानकारी दिए।

 

तपाईको प्रतिक्रिया