Online Bichar
आइतबार, बैशाख ०७, २०८२ | Sunday, April 20, 2025

काठमाडौं, १८ चैत २०८१ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगम सञ्चालक समितिको आज बसेको बैठकले सोमबार मध्यराति १२ बजेदेखि लागू हुने गरी डिजेल, मट्टितेल र हवाइ इन्धनको मूल्य घटाउने निर्णय गरेको हो।

डिजेल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँ तथा हवाइ इन्धन आन्तरिकतर्फ प्रतिलिटर ७ रुपैयाँले घटेको निगमले जनाएको छ। नयाँ मूल्य सूची अनुसार तेस्रो वर्ग अन्तर्गत काठमाडौंमा डिजेल र मट्टितेल प्रतिलिटर १४९ र हवाइ इन्धन आन्तरिकतर्फ १२५ रुपैयाँ रहेको छ।

हवाइ इन्धन अन्तर्राष्ट्रियतर्फ काठमाडौंका लागि प्रतिकिलो लिटर अमेरिकी डलर ५१ ले घटाइएको छ।

तपाईको प्रतिक्रिया