Online Bichar
सोमबार, आषाढ २२, २०८३ | Monday, July 6, 2026

काठ्माडौं, १८ चैत २०८१ । यो वर्ष धान चामलको आयात उल्लेख्य बढेको छ। अघिल्ला दुई वटा आर्थिक वर्ष लगातार आयात घटेपछि चामल उद्योगीहरूले अवैधानिक आयात बढेको बताएका थिए।

चालु वर्षमा धानको आयात परिमाणात्मक रूपमा ९१ प्रतिशत र मूल्यका हिसाबले ९३ प्रतिशतले बढेको छ।

भन्सार विभागको तथ्यांक अनुसार गत वर्ष यसै समयमा ८ अर्ब ६४ करोड रूपैयाँ बराबरको २२ करोड ८३ लाख केजी धान आयात भएको थियो।

यो वर्ष १६ अर्ब ७१ करोड रूपैयाँमा ४३ करोड ६३ लाख केजी धान आयात भएको छ।

चामलको आयात पनि यसैगरी बढेको छ। गत वर्ष यो समयमा ६ अर्ब ७९ करोड रूपैयाँ बराबरको ६ करोड २१ लाख केजी चामल आयात भएको थियो।

यो वर्ष १२ अर्ब ३२ करोड रूपैयाँमा १५ करोड ४० लाख केजी आयात भएको छ।

चालु वर्षको साउनदेखि फागुन महिनाको अवधिमा मात्रै करिब २९ अर्ब रूपैयाँको धान र चामल आयात भएको छ।

गत वर्ष यसै समयमा १५ अर्ब रूपैयाँको धान र चामल आयात भएको थियो।

 

तपाईको प्रतिक्रिया